राष्ट्रिय लिगमा मनाङको पहिलो जित

काठमाडौं। मनाङ मार्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा सिजनको पहिलो जित दर्ता गरेको छ। सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङले काँक्रेविहार क्लबलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्यो।
यस जितसँगै मनाङले चार खेलबाट ३ अंक जोडेको छ। समान खेल खेलेको काँक्रेविहार भने अझै अंकविहीन रहेको छ।
मनाङले खेलको १६औँ मिनेटमा सुरेश कुमालको गोलमार्फत अग्रता लिएको थियो। तर २०औँ मिनेटमा सन्दीप देउवाले गोल गर्दै काँक्रेविहारलाई खेलमा फर्काए र स्कोर १–१ को बराबरीमा पुर्याए।
त्यसपछि २५औँ मिनेटमा अनिल कुमारले गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाए। पहिलो हाफमै लय समातेको मनाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो।
दोस्रो हाफको ५४औँ र ८५औँ मिनेटमा गिडियन नाहले दुई गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। ८०औँ मिनेटमा नवराज गुरुङले अर्को गोल थपेपछि मनाङले ५–१ को एकपक्षीय जित सुनिश्चित गर्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |