यु–१८ युथ लिग : मनाङ र जावलाखेल विजयी

काठमाडौं । मनाङ मर्स्याङदी क्लब र रजावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजयी हासिल गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनाङ न्युरोड टिम (एनआरटी) माथि २–१ को जित हासिल गरेको हो्।
मनाङको जितमा दर्शन अधिकारी र सुजल डंगोलले गोल गरे। एनआरटीका लागि सन्तोष गोन्ग्बाले गोल फर्काए।
योसँग जारी लिगमा आठ खेलबाट मनाङले १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो पराजय ब्यहोरेको एनआरटी समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा झरेको छ।
यस्तै बुधबारकै अर्को खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित हासिल गरेको छ।
जावलाखेलको जितमा विवश दर्लामीले दुई गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो। आर्मीका लागि रोहित श्रेष्ठले एक गोल फर्काए।
जितसँगै जावलाखेलले आठ खेलमा आठ अंक जोडेको छ।हार ब्यहोरेको आर्मीको समान खेलबाट चार अंक छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |