← समाचारमा फर्कनुस्
Football Jan 30, 2026 · Swadesh

लियोन र भिल्ला नै अगाडि

लियोन र भिल्ला नै अगाडि

युरोपा लिगको बिहीबार लिग चरणका खेल सकिंदा लियोन र एस्टन भिल्ला नै अगाडि रहे । दुवै यसअघि नै अन्तिम १६ पुगिसकेका हुन् । लयोनले पीएसओकेलाई ४–२ र एस्टन भिल्लाले दुई गोलले पछाडि रहेको स्थितिमा साल्सबर्गलाई ३–२ ले हरायो ।


यो नतिजापछि दुवै टिम समान २१ अंकमा रहे । गोल अन्तरले लियोन अगाडि रह्यो । यस्तै शीर्ष आठ भित्र रहेर मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् ।


मिडट्जल्यान्डले डायनामो जाग्रेभलाई २–०, बेटिसले फायनउडलाई २–१ र पोर्टोले रेन्जर्सलाई १–० हरायो भने ब्रागले गो अहेड र रोमाले प्यानाथिनाइकोजसँग समान १–१ को बराबरी खेले । फ्रेबर्ग भने लिलसँग १–० ले परािजत रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →