← समाचारमा फर्कनुस्
Top Headlines Nov 26, 2026 · Swadesh

१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता: मधेशसँगको हारसँगै लुम्बिनी प्रतियोगीताबाट बाहिरियो

१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता: मधेशसँगको हारसँगै लुम्बिनी प्रतियोगीताबाट बाहिरियो

१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगीताबाट बाहिरिएको हो । 

बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेलिन् । ५६ बलको सामना गरेकी उनले पाँच चौका प्रहार गरिन् । यस्तै सिमा थापाले १० रनको योगदान दिइन्। 

आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार-चार रन बनाइन् भने सुस्मिता भुषालले दुई तथा ओपनर श्रुती बुढाथोकी, सरस्वती पुन र मनिषा रानाले एक-एक रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट हात पारिन् । चार ओभर बलिङ गरेकी उनले २० रन खर्चिन् । यस्तै रोजी कडारीले दुई विकेट झारिन् भने कप्तान पुजा महतोले एक विकेट लिइन् ।

८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । मधेश प्रदेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले आठ चौका प्रहार गरिन् । कम्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाइन् । ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिइन् । चाँदनी खातुन चार रनमा नटआउट रहिन् । लुम्बिनीकी सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक एक विकेट हात पारे । बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेटेकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् । मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगीताबाट बाहिरिएको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →