← समाचारमा फर्कनुस्
Cricket Nov 25, 2025 · Swadesh

लुम्बिनीको लगातार दोस्रो हार, काठमान्डू २२ रनले विजयी

लुम्बिनीको लगातार दोस्रो हार, काठमान्डू २२ रनले विजयी

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायोन्सले लगातार दोस्रो हार ब्यहोरेको छ। लुम्बिनी २२ रनले पराजित भएको हो।


त्रिवि क्रिकेट रंगशालामा काठमान्डू गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १३५ रन मात्रै बनाउन सक्यो।


लुम्बिनीका लागि दिलिप नाथले २५ रन बनाए। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गरे। यस्तै, डी आर्सी सर्टले २२ रन बनाए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे। सेयर मल्ले १८ बलमा ३ छक्काको सहयोगमा २७य रन प्रहार गर्दै रन आउट भए।


कप्तान रोहितकुमार पौडेल र गुलबदिन नाबिले समान ११, ओपनर सन्दीप जोराले ७ रन बनाए। 


काठमाडौँका लागि मिलिन्द्र कुमार, गेरहार्ड इरास्मसले  विकेट लिए। साहब आलम, कप्तान करण केसी, सन्तोष यादव र रासिद खानले समान एक विकेट हात परे। 


यो जितसँगै ४ खेलमा काठमान्डूले दोस्रो जित दर्ता गरेको छ। यता ३ खेलबाट लुम्बिनीले दोस्रो हार ब्यहोरेको छ।


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो। 


काठमान्डूको लागि कप्तान करण केसीले सर्वाधिक ३३ रन बनाए। उनले ११ बलमा ४ चौका र एक छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाटीले ३२ रन बनाए। उनले ३३ बलमा ३ चौका प्रहार गरे। यस्तै, सन्तोष यादवले १३ बलमा २ छक्काको सहयोगमा २३ रन बनाएर आउट भए। गेर्हाट इरानेशले १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए। मिलेन्द्र कुमार १७ र रासिद खानले १४ रनको योग्दान गरे।


काठमान्डूले १९औँ ओभरमा मात्रै ३१ रन जोड्न सफल भयो। उसका लागि करण केसीले ४ छक्का प्रहार गरे।


यता, लुम्बिनीका लागि शेर मल्ल, कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पलन र गुलबदिन नाविले समन दुई विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →