रोमाञ्चक खेलमा लुम्बिनीले पोखरालाई हरायो

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले दोस्रो जित दर्ता गरेको छ। जितसँगै पाँच खेलबाट लुम्बिनीले दुई जित दर्ता गरेको छ। पोखरा भने चार खेलमा तेस्रो हार ब्यहोरेको छ।
पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए। उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।
निरुशन डिकवेल्ला २२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाए। गुलबदिन नइबले ११ बलमा १७, दिलिप नाथ १०, सन्दीप जोराले २२ बलमा २५ रन बनाए।
पोखराको लागि विपिन खत्री, सागर ढकाल, म्याटेलरले समान दुई विकेट लिए। जिम्मी निशमले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो।
पोखराको लागि एडम रोसिङटनले शानदार पारी खेले उनले ६३ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८१ रन बनाए। यस्तै, अलराउन्डर जिम्मी निशमले ३२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए।
लुम्बिनीका लागि तिलक भण्डारी र शेर मल्लले दुई विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |