TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 10, 2025 · Swadesh

काठमान्डूलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमान्डूलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौँ। काठमान्डू गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिगको क्वालिफयर दुईमा पुगेको हो। 


काठमान्डूले दिएको ११२ रनको सामान्य लक्ष्य १७।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो


लुम्बिनीकका ओपनर डार्सीले सर्वाधिक ३३ रन बनाए। सन्दीप जोरा २३, कप्तान रोहित कुमार पौडेल १८ र निरोसन डिकोलाले १४ रन बनाए। 


काठमान्डूका सन्तोष यावद २, रासिद खान, कप्तान करण केसी, साहब आलम र सन्नि पट्टेलले समान एक विकेट लिए। 


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो।


खराब सुरुआत गरेको काठमान्डूले पावरप्लेमै ५ विकेट गुमाएर २९ बनाएको थियो। काठमान्डूका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। 


महोमद आदिल आलम र जोन सिम्सनले समान १८ रन बनाए। यस्तै, भिम सार्की १४, कप्तान करण केसीले ९ रन बनाए।


लुम्बिनीका शेर मल्ल र कप्लेतान रोहित कुमार पौडेलले समान ३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २, अभिषेक गौतम १ विकेट लिए।


जितसँगै लुम्बिनीले फाइनल प्रवेशको लागि विराटनगर किंग्ससँग बिहिवार खेल्ने छ। बिराटनगर मंगलबार भएको पहिलो क्वालिफयरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित हुँदै दोस्रो क्वालिफयरमा आइपुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →