TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 03, 2025 · Swadesh

विराटनगरलाई हराउँदै लुम्बिनीको प्ले अफको सम्भावना कायमै

विराटनगरलाई हराउँदै लुम्बिनीको प्ले अफको सम्भावना कायमै

काठमाडौँ। लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको छ।


त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनी १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। 


लुम्बिनीको जितमा ओपनर डीुआर्सी सर्टले अर्धतकिय पारी खेले। उनले ४४ बलमा ६ चौका र देई छक्काको सहयोगमा ५७ रन बनाए। यस्तै, निरोशन डिकवेला ३० रनमा अविजित रहे। उनले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरे।


सन्दीप जोरा २४ तथा ओपनर सुमित महर्जनले १० रन बनाए भने दिलिप नाथले १२ बलमा १६ रन बनाएर आउट भए।


विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले र सुवास भण्डारीले समान दुई तथा बसिर अहमदले विकेट लिए। 


जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीले प्ले अफको सम्भावना कायम राखेको छ। समान खेलबाट ८ अंक रहेको विराटनगरले आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउनु पर्ने भएको छ।


त्यसघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। 


यस्तै, साम हिजलेटले २० बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए। फाफ डु प्लेसिस १२, प्रतिस जिसी ११ तथा बसिर अहमदले १९ बलमा २८ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। बसिर र मर्चेन्ट डे लाङ्गेले सातौँ विकेटको लागि ३० रनको साझेदारी गरे। मर्चेन्टले १० तथा कप्तान सन्दीप लामिछानेले एक बलमा छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे।


पहिलो ओभरको दोस्रो बलमै जर्ज मुन्सेलाई शुन्य रनमा गुमाएको विराटनगरले तेस्रो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकि ब्याटर फाफलुलाई १२ रनमा गुमाउँदा टिमको स्कोर १५ पुगेको थियो। 


त्यसपछि लोकेश र सामले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर ७० रनमा पुर्या।


यता, लुम्बिनीका लागि शेर मल्लले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर तीन विकेट लिए। अभिषेश गौतम, जेजे स्मित र रुबेन ट्रम्पेलम्यानले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →