← समाचारमा फर्कनुस्
Cricket Dec 03, 2025 · Swadesh

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य

काठमाडौँ। टस हारेर पहिले ब्याटिङ थालेको विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ। 


त्रिवि क्रिकेट रंगशालामा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो। विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। 


यस्तै, साम हिजलेटले २० बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए। फाफ डु प्लेसिस १२, प्रतिस जिसी ११ तथा बसिर अहमदले १९ बलमा २८ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। बसिर र मर्चेन्ट डे लाङ्गेले सातौँ विकेटको लागि ३० रनको साझेदारी गरे। मर्चेन्टले १० तथा कप्तान सन्दीप लामिछानेले एक बलमा छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे।


पहिलो ओभरको दोस्रो बलमै जर्ज मुन्सेलाई शुन्य रनमा गुमाएको विराटनगरले तेस्रो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकि ब्याटर फाफलुलाई १२ रनमा गुमाउँदा टिमको स्कोर १५ पुगेको थियो। 


त्यसपछि लोकेश र सामले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर ७० रनमा पुर्या।


यता, लुम्बिनीका लागि शेर मल्लले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर तीन विकेट लिए। अभिषेश गौतम, जेजे स्मित र रुबेन ट्रम्पेलम्यानले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →