काठमान्डूले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ। दोस्रो संस्करणको एनपिएलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायोन्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमान्डूले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो।
काठमान्डूको लागि कप्तान करण केसीले सर्वाधिक ३३ रन बनाए। उनले ११ बलमा ४ चौका र एक छक्का प्रहार गरे। ओपनर आकाश त्रिपाटीले ३२ रन बनाए। उनले ३३ बलमा ३ चौका प्रहार गरे। यस्तै, सन्तोष यादवले १३ बलमा २ छक्काको सहयोगमा २३ रन बनाएर आउट भए। गेर्हाट इरानेशले १५ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए। मिलेन्द्र कुमार १७ र रासिद खानले १४ रनको योग्दान गरे।
काठमान्डूले १९औँ ओभरमा मात्रै ३१ रन जोड्न सफल भयो। उसका लागि करण केसीले ४ छक्का प्रहार गरे।
यता, लुम्बिनीका लागि शेर मल्ल, कप्तान रोहितकुमार पौडेल, रुबेन ट्रम्पलन र गुलबदिन नाविले समन दुई विकेट हात पारे।
यसअघिका तीन मध्य दुवै टोलीले समान एक जित दुई हार ब्यहोरेका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |