← समाचारमा फर्कनुस्
Cricket Nov 20, 2025 · Swadesh

लुम्बिनीलाई चितवनको १४३ रनको लक्ष्य

लुम्बिनीलाई चितवनको १४३ रनको लक्ष्य

काठमाडौँ। रबि बोपराको अर्धशतको सहयोगमा चितवन राइनोजले लुम्बिनी लायन्यलाई १४३ रनको लक्ष्य दिएको छ। 


त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनायो। 


चितवनका लागि रबि बोपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे।


यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बोहरा १० तथा अर्जुन साउदले रन बनाए। 


यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम र गुला दिनले समान दुई विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →