← समाचारमा फर्कनुस्
Cricket Apr 18, 2024 · Nepalsports

लुम्बिनी प्रदेशको जित दर्ता

लुम्बिनी प्रदेशको जित दर्ता

काठमाण्डौमा जारी वीर गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले जित दर्ता गरेको छ। 

प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा लुम्बिनी प्रदेशले कर्णाली प्रदेश माथी ७ विकेटको जित हात पार्यो।  

मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको कर्णाली प्रदेशले १६.४ ओभरमा सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। कर्णालीका अर्जुन घर्तिले २८ रन बनाउन बाहेक अन्यले खास योगदान दिन सकेनन। 

कर्णालीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, अविशेष गौतम र बिर घर्तिले समान २/२ विकेट प्राप्त गरे।  

जवाफमा लुम्बिनी प्रदेशले ८२ रनको सामान्य लक्ष्य १२.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। लुम्बिनीको चेजमा खेलको प्लेयर अफ दि म्याच चुनिएका कप्तान देव खनालले अविजित ५१ रन बनाए।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा गण्डकी प्रदेश र मदेश प्रदेश भिड्दैछन्। ७ प्रदेश सहभागी रहेको प्रतियोगिता गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा नागार्जुन नगरपालिकाको सहयोगमा संचालन भैरहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →