← समाचारमा फर्कनुस्
Cricket Dec 10, 2024 · Swadesh

लुम्बिनीको पहिलो जित, रोहितको अलराउन्ड प्रदर्शन

लुम्बिनीको पहिलो जित, रोहितको अलराउन्ड प्रदर्शन

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शन प्रेरिति लुम्बिनी लायान्सले पहिलो जित हासिल गरेको छ। 

नेपाल प्रिमियर लिग (एन्पीएल) अन्तर्गत आफ्नो पाँचौँ खेलमा पहिलो जित हासिल गरेको हो। उसले चितवन राइनोजलाई ३३ रनले हरायो। 

लुम्बिनीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो। 

चितवनका लागि ब्याटिङतर्फ लुक बेन्केनस्टाइनले सर्वाधिक ३१ रन बनाए। उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान कुशल मल्ल २० रनमा आउट भए। रबि बोपराले १२ रन बनाउँदा सन्तोष कार्कीले १० रन बनाए। 

नर सार्की २२ तथा रिजन ढकाल १५ रनमा अविजि रहे।

यता, बलिङतर्फ लुम्बिनीका लागि रोहितले चार ओभरमा १७ रन खर्चिएर चारै विकेट हात पारे। रामोन साइमन्स् दुई र अविशेष गौतम र साद बीन जफरले एक विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।

लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले। उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे।

यस्तै साद बीनले ५२ रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए। 

पाँचौँ विकेटका लागि कप्तान रोहित साद बीन जफरले ११४ रनको सानदा साझेदारी गरे। 

यता, चितवनका लागि बलिङतर्फ रिजन ढकाल तीन, कुशल मल्ल र रञ्जित कुमारले समान एक एक विकेट लिए।

यो जितसँगै पाँच खेलबाट लुम्बिनीले पहिलो दुई अंक जोडेको छ। यता, पराजित चितवन भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले पाँच खेलबाट तीन जित, दुई हारसहित ६ अंक रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →