← समाचारमा फर्कनुस्
Cricket Nov 20, 2025 · Swadesh

पहिलो खेलमै लुम्बिनीको जित

पहिलो खेलमै लुम्बिनीको जित

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। उसले चितवनलाई ६ विकेटले पराजित गरेको हो।


त्रिवि क्रिकेट रंगशालामा चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर पूरा गर्यो। 


यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी नयाँ सिजन जितबाट प्रतियोगिताको सुरुआत गरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा हार ब्यहोरेको छ।


लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए। उनले ४४ बलमा एक चौका प्रहार गरे। 


यस्तै, ओपनर सन्दीप जोरा २८, दिलिप नाथ १० डी’आरची सर्टले ११ रन बनाउँदा गुलाबदिन नाबीले ४४ रनको योग्दान गरे। 


यता, लुम्बिनीका लागि रिजन ढकालले दुई र सोहिल तनबिरले एक विकेट लिए।


त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो। 


चितवनका लागि रबि बोपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे।


यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बोहरा १० तथा अर्जुन साउदले रन बनाए। 


यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम र गुला दिनले समान दुई विकेट हात पारे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →