← समाचारमा फर्कनुस्
Cricket Jun 25, 2025 · Swadesh

लुम्बिनीद्वारा रोहितसहित ६ खेलाडीलाई रिटेन

लुम्बिनीद्वारा रोहितसहित ६ खेलाडीलाई रिटेन

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ। 

टिमले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप मजबुत प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ। यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्रि र आरिफ खानलाई रिलिज गरिएको छ। 

लुम्बिनीका अध्यक्ष ईश्वर जीसीले भन्छन् ‘म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा हामीलाई साथ दिनुभयो। उहाँहरुको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ। हामी उहाँहरूलाई सधैं सम्झिरहनेछौं र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुनसक्छ भन्ने आशा राख्दछौं।” लुम्बिनी लायन्स ‘गर्वको गर्जन’लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेको छ। नयाँ सिजनमा नयाँ उत्साहका साथ हामी हाम्रो समर्थकहरूको निरन्तर साथ र माया अपेक्षा गर्दछौं।

हामी नयाँ युवा खेलाडीहरूलाई मौका दिँदैछौं र विदेशी खेलाडीहरूको छनोट पनि त्यही अनुरूप गरिनेछ, ताकि टोली हरेक कोणबाट सशक्त बनोस्। बलियो टोली निर्माण गर्ने दिशामा हामी साना-साना कुरामा समेत ध्यान दिँदैछौं - राम्रो क्रिकेट खेल्न, उत्कृष्ट नतिजा दिन र हाम्रा समर्थकहरूको अपेक्षा पुरा गर्न हामी निरन्तर लागिरहेका छौं।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →