← समाचारमा फर्कनुस्
Cricket Oct 27, 2024 · Swadesh

इंग्लिस खेलाडी बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित

इंग्लिस खेलाडी बेनकेन्स्टाईन चितवन राइनोजमा अनुबन्धित

काठमाडौं । चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । 

बेनकेन्स्टाईनले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्ने छन्  । उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो । 

जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीय बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए । त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पु¥याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो)को प्रतिनिधित्व गरेका थिए । त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । ‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ । मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन् ।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,’ उनले भनेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →