← समाचारमा फर्कनुस्
Cricket Dec 12, 2023 · Nepalsports

शुक्लाफांटा र धनगढी विजयी

शुक्लाफांटा र धनगढी विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन्। शुक्लाफांटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो।

आज सम्पन्न पहिलो खेलमा शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले  कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्यो। समुह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफांटाले समुह 'ए' बाट सेमीफाइनल सम्भावना जिवितै राखेको छ। दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसंग पराजित भएको खण्डमा शुक्लाफांटा र धनगढी मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। 

शुक्लाफांटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउदा सबै विकेट गुमायो।

कैलालीका नरेन साउदले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। शुक्लाफांटाको बलिंगमा बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २/२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

शुक्लाफांटाको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए जुन क्रममा ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै बिशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए। लोकेश जोशीले ३७ रन बनाए।

कैलाली क्रिकेट क्लबको लागि बिनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए।

आजको दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित गर्यो। १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो। धनगढी र शारदा दुवै टिम सेमीफाइनल रेसबाट बाहिर भैसकेका छन्।

लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १६ रन खर्चिए। विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। 

धनगढीको ब्याटिंगमा मान साउदले सर्वाधिक ३७ रन बनाए। यस्तै सचिन साउदले ३५, यूवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए। ११५ रनमा ७ विकेट गुमेको अवस्थामामान र यूवराजले अविजित ५५ रनको साझेदारी गरे। 

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स-११ सुपर स्टार्स बीच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पस बीच हुनेछ। 

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ। समुह 'बि' बाट युथ अफ टिकापुर, समुह 'सी' बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह 'डी' बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्। 

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →