← समाचारमा फर्कनुस्
Cricket Dec 14, 2023 · Nepalsports

एलपीएल : भुवन कार्कीले असाधारण बलिंग प्रदर्शन गर्दा धनगढी स्पोर्ट्स क्लब सेमीफाइनलमा

एलपीएल : भुवन कार्कीले असाधारण बलिंग प्रदर्शन गर्दा धनगढी स्पोर्ट्स क्लब सेमीफाइनलमा

देब्रे हाते स्पिनर भुवन कार्कीले असाधारण बलिंग प्रदर्शन गर्दै ८ विकेट लिंदा धनगढी स्पोर्ट्स क्लब कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल ) को आठौँ संस्करणको सेमीफाइनल प्रवेश गरेको छ।

सेमीफाइनल प्रवेशको लागि जित्नैपर्ने खेलमा धनगढी स्पोर्ट्स क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ६७ रनले पराजित गर्दै सेमीफाइनल पुग्ने चौंथो टिम बन्न पुग्यो। यस अघिनै समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्।

शुक्रबार प्रतियोगिताको दुईवटा सेमीफाइनल खेल संचालन हुनेछन्। पहिलो सेमीफाइनल विहान ९ बजे धनगढी स्पोर्ट्स क्लब र घोडाघोडी क्रिकेट एकेडेमी तथा दिउँसो १ बजे सत्यवती एकेडेमी र युथ अफ टिकापुर प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल शनिवार हुनेछ।

फाप्ला क्रिकेट मैदानमा धनगढी स्पोर्ट्स क्लबले दिएको १६४ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोर ले १९.३ ओभरमा ९६ रन बनाउदा सबै विकेट गुमायो। 

लक्ष्य पछ्याउने क्रममा ७९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १७ रन जोड्दा खप्तड स्पोर्ट्सले सम्पूर्ण विकेट गुमायो। 

प्लेयर अफ द म्याच घोषित भएका भुवन कार्कीले ८ विकेट लिने क्रममा ४ ओभरमा १८ रन खर्चिए। त्यस क्रममा कार्कीले इनिंग्सको पन्ध्रौँ ओभरमा ३ विकेट तथा सत्रौं ओभरमा ४ विकेट लिएका थिए। कार्कीले तिन पटक लगातार २/२ विकेट लिएता पनि ह्याट्रिक विकेट भने पुरा गर्न सकेनन्। कार्कीले तिन ब्याटरलाई बोल्ड तथा पाँच ब्याटरलाई क्याच आउट पारे। टिमका अर्का स्पिनर सुनिल धमलाले २ विकेट लिए।

खप्तड इन्डोर स्पोर्ट्सको ब्याटिंगमा अभिषेक थापाले सर्वाधिक ४२ रन तथा प्रकाश पाण्डेले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

यस अघि टस हारेर ब्याटिंग गरेको धनगढी स्पोर्ट्स क्लबले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो।

धनगढी स्पोर्ट्सको लागि ओपनर सुनिल धमलाले अर्धशतकीय योगदान दिए। धमलाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। कप्तान भुवन कार्कीले ३६, प्रनित थापाले २६ तथा अमर सिंह रौटेलाले अविजित १२ रन योगदान दिए। धमलाले दोश्रो विकेटको लागि भुवन कार्कीसंग ८४ रनको तथा तेश्रो विकेटको लागि प्रनित थापासंग ५४ रनको साझेदारी गरे।

खप्तड इन्डोर स्पोर्ट्सको बलिंगमा रवी बिस्ट र आर्यन बिस्टले २/२ विकेट तथा बिरेन्द्र बमले १ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →