← समाचारमा फर्कनुस्
लिभरपुलको लगातार दोस्रो बराबरी

खराव सुरुआत लिने क्रममा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार दोस्रो बराबरी खेलेको छ । एनफिल्डमा भएको खेलमा दुई पल्ट पछाडि रहेको स्थितिबाट लिभरपुलले नटिंघम फरेस्टलाई २–२ को बराबरीमा रोकेको हो ।
फरेस्टले २४ औं मिनेटमा डान एनडोयको गोलमा अग्रता लिएको थियो । एलेक्जान्डर इसाले ६० औं मिनेटमा लिभरपुलका लागि गोल गरे र खेल बराबरीमा रह्यो । मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट फरेस्टका लागि ७० औ मिनेटमा गोल गरे र फरेस्ट एकपल्ट अगाडि रह्यो ।
यसअघि आफ्नो सिजनको पहिलो खेलमा पनि लिभरपुलले न्युकासल युनाइटेडसँग पनि २–२ कै बराबरी खेलेको थियो । फरेस्टले भने नयाँ सिजन पहिलो अंक बटुलेको हो । लिभरपुलका नयाँ प्रशिक्षक एन्डोन इराओलाका लागि एनफिल्डमा यो पहिलो औपचारिक खेल पनि रह्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |