← समाचारमा फर्कनुस्
Football Nov 27, 2026 · Swadesh

लुम्बिनीलाई कोशीले हरायो

लुम्बिनीलाई कोशीले हरायो

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रवार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई १—४ गोलले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गर्नुभयोभने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा गोल गर्नुभएको थियो ।

लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९ औं मिनेटमा फागुराम चौधरीले गर्नुभएको थियो । कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८ औं मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा खेलेको थियो । रातोकार्ड पाएका भुजेललाई आगामी एक खेलमा प्रतिवन्ध लागेको छ । यस्तै सो खेलमा लुम्बिनीका फागुराम चौधरीले पहेँलो कार्ड पाउनुभएको थियो । पहिलो खेलमा पनि चौधरीले पहेँलो कार्ड पाउँदा पहेँलो कार्डको संख्या दुई भएपछि उहाँलाई पनि आगामी एक खेल प्रतिवन्ध लागेको म्याच कमिसनर बीरेन्द्र पाण्डेले बताउनुभयो । 

आफ्नो पहिलो खेल बागमतीसँग बराबरी गरी एक अंक पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अंक प्राप्त गरेको छभने त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अंक बिहीन भएको छ । शुक्रवार दिउँसो २ः३० बजे बागमती र नेपाली सेनाको त्रिुभवन आर्मी क्लवविच खेल हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →