← समाचारमा फर्कनुस्
Football Sep 02, 2024 · Swadesh

युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं। लिभरपुल इङ्लिस प्रिमियर लिगको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार भएको खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै लिभरपुल अपराजित रहन सफल भएको हो।

जितसँगै नौ अंक पुर्‍याएको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग गोलअन्तरले पछाडि परेको छ। शीर्ष चारमा फर्किने लक्ष्य राखेको युनाइटेडको भने समान खेलबाट तीन अंक मात्रै छ। युनाइटेड १४औं स्थानमा छ।

सातौं मिनेटमा ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्डले लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त गोलले अफसाइडको मान्यता पायो। तर, डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुलको गोलको खाता खोले। उनले मोहम्मद सलाहको पासमा गोल गरे।

त्यसको सात मिनेटपछि नै सलाहले अर्को अवसर बनाइदिए। जसलाई डियाजले नै गोलमा परिणत गरे। ५६औं मिनेटमा भने डोमिनिक सोबोस्लाईको पासमा सलाह आफैंले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →