← समाचारमा फर्कनुस्
Cricket Dec 03, 2023 · Nepalsports

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए)लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा एक सय ३५ रन बनायो। १९.२ ओभर खेलेको लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले टीमका लागि सर्वाधिक ६५ रनको योगदान गरे। बसिर अहमदले ३० रन योगदान दिंदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमाञ्चल एकेडेमीका बिरेन्द्र चन्द र प्रकाश जैसीले ३/३ विकेट लिंदा खगेन्द्र कुँवरले २ विकेट लिए।

एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एसपिए १६ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटियो। आशिष लुहारले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लिटल फ्लावरको बलिंगमा बिपिन खत्रीले ३ तथा बसिर अहमद, कौशल रुपाखेती र सचिन भट्टले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच लिटल फ्लावरका कृष्ण कार्की घोषित भए।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एलपीएलजस्ता मोफसलमा भइरहेका प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । सुदूरपश्चिममा क्रिकेटमा सम्भावना भएका खेलाडीहरु धेरै भए पनि पूर्वाधारको अभावले खेल क्षेत्रको विकास हुन नसकेको उनको भनाई थियो।

खेलको विकासका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिँदै उनले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरे।

आयोजक क्लबका अध्यक्ष रामचन्द शाहीले मोसफलबाट क्रिकेटको विकास गर्ने उद्देश्यले विगत आठ वर्षदेखि एलपिएल सञ्चालन गरिरहेको बताए। प्रतियोगिता विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन अवसर भएको र यसले सुदूरपश्चिममा क्रिकेटको विकासमा टेवा पु¥याउँदै आएको उनले बताए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →