← समाचारमा फर्कनुस्
Football Aug 18, 2024 · Swadesh

लेभरकुजेनलाई जर्मन सुपर कपको उपाधि

लेभरकुजेनलाई जर्मन सुपर कपको उपाधि

काठमाडौं । बायर लेभरकुजेनले भिएफबी स्टुटगार्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ। 

१० खेलाडीमा समेटिएको लेभरकुजेनले स्टुटगार्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाएको हो। खेल पेनाल्टी सुटआउटमा पुग्नुअघि दुवै टोलीले २–२ को बराबरी खेलेका थिए।

लेभरकुजेनले घरेलु मैदानमा खेलको ११औं मिनेटमा नै अग्रता लिएको थियो। एडमन्ड टाप्सोबाको पासमा भिक्टर बोनिफेसले गोल गरे। त्यसको चार मिनेटपछि एन्जो मिलोटको गोलमा स्टुटगार्ट खेलमा फर्कियो।  

३७औं मिनेटमा मार्टिन टेरियर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जाबी अलोन्सोको लेभरकुजेनन १० खेलाडीमा सिमित भएको थियो। ६३औं मिनेटमा सब्स्टिच्युट खेलाडी डेनिज उन्डाभले फ्रान्स क्रेट्जिगको कटब्याकमा गोल गर्दै स्टुटगार्टलाई अग्रता दिलाए।

तर, लेभरकुजेन फेरि पुनरागमन गर्न सफल भयो। एलेजान्ड्रो ग्रिमाल्डोले उपलब्ध गराइदिएको पासमा खेल सकिन दुई मिनेट बाँकी रहँदा प्याट्रिक सिकले गोल गर्दै फाइनललाई पेनाल्टी सुटआउटमा पुर्‍याएका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →