← समाचारमा फर्कनुस्
Football Oct 13, 2026 · Swadesh

लेभान्टे र सेभियाको नाटकीय बराबरी

लेभान्टे र सेभियाको नाटकीय बराबरी

स्पेनी ला लिगामा लेभान्टे र सेभियाले सोमबार नाटकीय ३–३ को बराबरी खेलेका छन् । दोस्रो हाफको इन्ज्युरी समयमा तीन गोल भएपछि दुवै टिमले एक एक अंक हात पारे । निर्धारित समयको खेल सकिन अगाडिसम्म सेभिया २–१ ले अगाडि थियो ।

लेभान्टेका लागि एडरिन डे ला फुन्टे र इफेन्यी एनडुक्वेले गोल गरेपछि घरेलु टिम ३–२ ले अगाडि रहेको थियो । यस्तोमा सेभियाका लागि इसाक रोमेरोले इन्ज्युरी समयको दसौं मिनेटमा गोल गरे । त्यस लगतै उनी रातो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे ।

यो नतिजापछि सेभिया १४ अंकमा पाँचौं स्थानमा रह्यो । लेभान्टे भने छ अंकमा १७ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →