← समाचारमा फर्कनुस्
Football Oct 14, 2026 · Swadesh

लाइपजिग र भिलारियलको जित, भाइकिङले बायर्न म्युनिखलाई रोक्यो

लाइपजिग र भिलारियलको जित, भाइकिङले बायर्न म्युनिखलाई रोक्यो

यूईएफए च्याम्पियन्स लिग २०२६/२७ को लिग चरण अन्तर्गत बुधबार भएका भाइकिङले बायर्न म्युनिखलाई रोकेको छ। त्यस्तै  आरबी लाइपजिग पीएसभीलाई र भिलारियलले नापोली पराजित गरेको छ।

भाइकिङ ३-३ बायर्न म्युनिख

नर्वेको स्टाभाङ्गरमा भएको खेलमा बायर्न म्युनिख २-० ले पछि परेको अवस्थाबाट फर्किए पनि अन्तिम समयमा गोल खाई ३-३ को बराबरीमा रोकियो। घरेलु टोली भाइकिङले पहिलो हाफमै जियानी स्टेन्सनेस र पिटर क्रिस्टियनसनको गोलमा २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा ह्यारी केनले ५४ र ६० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने लुइस डियाजले ७१ औं मिनेटमा गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए। तर, ७३ औं मिनेटमा माइकल ओलिसले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बायर्नले ९० औं मिनेटमा हर्मन हाउगेनको गोलमा बराबरी खेप्न बाध्य भयो।


आरबी लाइपजिग १-० पीएसभी आइन्डहोभन

जर्मनीको लाइपजिगमा भएको खेलमा आरबी लाइपजिगले पीएसभीलाई १-० ले पराजित गर्दै यस सिजनको पहिलो च्याम्पियन्स लिग जित हासिल गरेको छ। खेलको ७५ औं मिनेटमा ब्राजन ग्रुडाले बाहिरबाट गरेको जोरदार प्रहारलाई पीएसभीका गोलकिपर माटेज कोभारले रोक्न सकेनन्। यसअघि १९ औं मिनेटमा पीएसभीका ३७ वर्षीय इभान पेरिसिकले पेनाल्टी चुकाएका थिए, जसलाई लाइपजिगका गोलकिपर मार्टेन भान्डेभोर्ड्टले बचाए। भिडियो सहायक रेफ्री (भीएआर) ले लाइपजिगका रिडल बाकुको ह्यान्डबललाई पेनाल्टी ठहर गरेको थियो।


भिलारियल ३-१ नापोली

स्पेनको एस्टाडियो डे ला सेरामिकामा भएको खेलमा भिलारियलले नापोलीलाई ३-१ ले पराजित गर्दै आठ खेलपछि च्याम्पियन्स लिगमा पहिलो जित हासिल गरेको छ। नापोलीले आठौं मिनेटमा अमिर राहमानीको गोलमा अग्रता लिएको थियो, तर भिलारियलले २३ औं मिनेटमा जर्जेस मिकाउटाड्जे र २५ औं मिनेटमा स्यान्टियागो मौरिनोको गोलमा पहिलो हाफमै २-१ को अग्रता लियो। खेलको ८६ औं मिनेटमा विकल्प खेलाडी टानी ओलुवासेयीले गोल गर्दै भिलारियलको जित सुनिश्चित गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →