← समाचारमा फर्कनुस्
Football Aug 03, 2026 · Swadesh

प्रि-सिजन मैत्रीपूर्ण: लिड्स युनाइटेड सॅंग लिभरपुलको हार

प्रि-सिजन मैत्रीपूर्ण:  लिड्स युनाइटेड सॅंग लिभरपुलको हार

लिभरपुलले आफ्नो अमेरिका भ्रमणको अन्तिम खेलमा लिड्स युनाइटेडसँग ४-२ गोलअन्तरले पराजित भएको छ। चिकागोको सोल्जर फिल्डमा भएको यस खेलमा लिभरपुलले पहिलो हाफमा २-० को सहज अग्रता बनाए पनि दोस्रो हाफमा लगातार ४ गोल खाँदै हार बेहोर्नु पर्यो।

खेलको लिभरपुलका गोलका लागि पहिलो गोल लुक चेम्बर्सले गरे, र फ्लोरियन विर्ट्जले ४०औं मिनेटमा दोस्रो गोल थपेको थियो। 

दोस्रो हाफमा लिड्सले २५ मिनेटभित्रै ४ गोल फर्कायो। डोमिनिक क्याल्भर्ट-लेविनले दुई गोल गरे भने ब्रेन्डेन एरोनसन र सीन लङ्स्टाफले एक-एक गोल गरेका थिए।

नयाँ प्रशिक्षक एन्डोनी इराओलाको टोलीले प्रि-सिजनमा यो पहिलो हार व्यहोरेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →