TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 20, 2026 · Swadesh

लाजियोको घरमै खराव हार

लाजियोको घरमै खराव हार

इटालीको सिरी ए मा सोमबार लाजियोले आफ्नै घरमा बिर्सनलायक खराव हार बेहोरेको छ । उसलाई कोमोले सजिलै ३–० ले पराजित गरेको हो । यो जितका नायक भने निको पाज रहे ।


उनले २४ र ४९ औं मिनेटमा गोल गरे । त्यस अगाडि कोमोले मार्टिन बाटुरिनाको गोलले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो । लाजियोले पूरा खेल अवधिमा कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेन् ।


यो सिजन राम्रो प्रदर्शन गरिरहेको कोमो ३७ अंकमा छैटौं स्थानमा छ र उसले अर्को सिजन युरोपमा खेल्न सक्नेछ । लाजियो भने २८ अंकमा नवौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →