← समाचारमा फर्कनुस्
Cricket Jul 16, 2024 · Swadesh

अन्तिम अभ्यास खेलमा नेपाल विजयी

अन्तिम अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो तथा अाितम अभ्यास खेलमा श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीलाई दुई रनले पराजित गरेको छ।

नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको श्रीलंकन टोलीले निर्धारित २० ओभरमा ११० रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो।

नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन्।

यसअघि नेपालले पहिलो दुई अभ्यास खेलमा हार व्यहोरेको थियो। पहिलो दुई अभ्यास खेल पनि यही श्रीलंका डेभलपमेन्ट टोलीसँग खेलेको थियो।

१९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →