ललितपुर सिटी र पोखरा थण्डर्स बिच बराबरी

काठमाडौं, मंसिर १३ । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा छैटौं दिनको खेलमा ललितपुर सिटी एफसी र पोखरा थण्डर्सले गोलरहित बराबरी खेलेका छन्।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले केही राम्रो अवसर पाए पनि सदुपयोग गर्ने नसक्दा अंक बाँड्न बाध्य भयो।
खेलको सातौंं मिनेटमा पोखरा थण्डर्सले अग्रता लिने अवसर पाएको थियो। तर, मोसेस ट्वुमले डि बक्सबाट प्रहार गरेको बल बायाँ पोलमा लागेर पर्किएको थियो।
त्यसपछि खेलको ३०औं मिनेटमा ललितपुरले अग्रता लिने अवसर खेर फाल्यो। उसका लागि सेसेहांग आंदाम्पेले प्रहार गरेको बललाई पोखराका गोल रक्षक प्रिसो एन्जाड्गाले मुस्किलले बचाए। त्यसको तीन मिनेटपछि पुन ललिपुरका कप्तान अन्नत तामाङले हेडिङ गरेको बललाई पोखराका प्रिसोले क्लियर गरिदिए।
खेलको ४३औं मिनेटमा पोखराका लागि आयुष घलानले दिएको पासलाई मोसिसले हेडर मार्फत गोल गर्ने अवसर चुकाएका थिए।
पहिलो हाफमा गोलरहित बराबरी खेलका दुबै टोलीले दोस्रो हाफमा पनि केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्न असफल रहे।
दोस्रो हाफको चौथो मिनेटमा ललितपुरका अनिल मर्हजनले डि बक्स बाहिरबाट प्रहार गरेको बललाई पोखराका गोल रक्षकले मुस्किलले बचाए।
खेलको ८०औं मिनेटमा पोखराका मार्की प्लयेर आयुष घलानले टोलीका लागि अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए। उनले दुई डिफेन्सलाई डि बक्समा बिट गर्दै प्रहार गरेको बललाई ललितपुरका गोलरक्षक जेप्रि मार्सेलले सहजै बचाए।
यो बराबरीसँगै दुबै टोलीले दुई खेलबाट समान ४ अंक जोडेका छन्।
यसअघि पहिलो खेलमा पोखराले चितवना १-० ले पराजित गरेको थियो। उता ललितपुरले बुटवल लुम्बिनी एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |