फाइनलका लागि पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै

जारी नेपाल सुपर लिग अन्तरगत आज हुने दोस्रो क्वालिफायर राउण्डमा पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दै छ। दरशरथ रंगशालामा हुने यस खेल साझ ५ः३० बजे शुरू हुनेछ। आजको खेलको विजेता टोलीले फाईनलमा धनगढीसंग उपाधीका लागि खेल्ने छ ।
पोखरा थन्डर्स लिग चरणमा शिर्ष स्थानमा रहदै सिधै क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो र पहिलो क्वालिफायरमा धनगढीसंग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। यता ललितपुर भने लिग चरणमा चौथों स्थानमा रहदै एलिमिनेटर राउण्डमा खेल्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो। एलिमिनेटर राउण्डमा काठमाण्डौंलाई ३-० गोलले पराजित गरेको थियो। लिग चरणमा यी दुई टोली पोखरा थन्डर्स र ललितपुर सिटी गोल रहित बरबरी खेलेको थियो।
एनएसएलको विजेताले पुरस्कार राशी ७० लाख रुपैयाँ प्राप्त गर्नेछ । यो रकम पहिलो संस्करण सन् २०२१ को विजेताले पाएको रकम भन्दा दोब्बर रकन हो। यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । दोस्रो संस्करणको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्ने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |