← समाचारमा फर्कनुस्
Football Dec 10, 2023 · Nepalsports

ललितपुर सिटी चितवनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो

ललितपुर सिटी चितवनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो

जारी एनएसएलमा ललितपुर सिटी एफसी चितवनलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।दशरथ रंगशालामा आईतबार भएको खेलमा ललितपुरले चितवनलाई ३-१ गोलले रराजित गरेको हो। 

ललितपुरले खेलको १९ औं मिनेटमा पापा इबु केबेको गोलमा अग्रता लिएको थियो । दिनेश हेन्जनको पासमा केबेले गोल गरेका थियो ।  

त्यस्तै खेलको ५७औं मिनेटमा चितवनका डिफेन्डरले क्लियर गरेको बललाई डिबक्स बाहिरबाट विवेक पौडेलले भलीमार्फत गोल गर्दै २-० को अग्रता दिलाए

खेलको ८९औं मिनेटमा चितवनका राफिक अमिनोले एक गोल फर्काएको थियो ।  

तर इन्जुरी समयमा प्राप्त पेनाल्टीमा पापा इबु केबेले पेनाल्टीमा गोल गर्दै ललितपुरको जित सुनिश्चित गरेका थिए ।

खेलको अन्तिम मिनेट चितवन १० खेलाडीमा सिमित हुन पुगे, उत्सव राई दोहोरो पहेलो कार्ड खादै  इन्जुरी समयमा मैदान छाडेका थिए । 

यस जित संगै ललितपुरले ५ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हार पछि चितवन ५ अंक सहित पाँचौं स्थानमा रहेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →