काठमाण्डौलाई पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायर राउण्डमा

जारी नेपाल सुपर लिगमा आज भएको एलिमिनेटर राउण्डमा ललितपुर सिटीले काठमाण्डौ रेजर्स पराजित गरेको छ। दरशरथ रंगशालामा ललितपुरले काठमाण्डौलाई ३-० गोलले पराजित गरेको छ । यस जित संगै ललितपुर दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ। अब ललितपुरले फाइनलका लागि पोखरा थन्डर्ससंग खेल्ने छ।
खेलको ३६ औं मिनेटमा ललितपुरले इमोह इजिकेइलले गोल गरेदै सुरूवाती अग्रता लिएको थियो। उनले पापा इबाउ केबेले प्रहार गरेको बल किपरले बचाउ गरि रिबाउण्ड भएको बललाई गोल गरेको थियो।
त्यस्तै खेलको ४४ औं मिनेटमा कर्नर किकमा अनन्त तामांगले हेड गरेको बल रोम्रोसंग क्लियर नहुदा पापा इबाउ केबेले गोल गर्दै ललितपुरले अग्रता दोब्बर गरेको थियो।
ललितपुरले तेस्रो गोल भने फ्रिकिक सेटपिसमा गरेको थियो। सनिश श्रेष्ठलाई डि-बक्स नजिक लडाए पछि ललितपुरले फ्रिकिक पाएको थियो। उक्त फ्रिकिकमा अनमार्क पोजिसनमा रहेका इमोह इजिकेइलले हेड गरदै गोल गरेको थियो ।
ललितपुरले लिग चरणमा हार ब्यहोरेको बदला लिएको छ भन्दा फरक नहोला । अब ललितपुरले दोस्रो क्वालिफायर राउण्ड यहि पैष १२ गते बिहिबार पोखरा थन्डर्ससंग खेल्ने छ र जित्ने टोली धनगढीसंग फाइनलमा उपाधिका लागि खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |