← समाचारमा फर्कनुस्
लिलतपुर सिटी र विरगन्ज युनाइटेड बराबरी, विरगन्जको पहिलो अंक

नेपाल सुपर लिगमा ललितपुर सिटी र विरगन्ज युनाइटेडले अंक बीडेका छन् । मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुर सिटी र विरगन्ज युनाइटेड २–२ गोलको बराबरी खेलेको हो। विरगन्जले भने पहिलो अंक जोडेको छ।
खेलको १० औं मिनेटमा वीरगन्जका लागि विलियम ओपोकुले गोल गरेको थियो । विरगन्जले अग्रता लिएको तेस्रो मिनेटमा नै ललितपुरले गोल फर्काएको थियो ।
ललितपुरले खेलको १३ औं मिनेटमा इमोन एजिकिलले बराबरी गोल गरे ।
त्यस्तै खेलको २७औं मिनेटमा ललितपुरले निखिल कदमको गोलबाट अग्रता २–१ को बनाएको थियो। विरगन्जका लागि खेलको ५२ औं मिनेटमा कान्त महतोले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।
त्यसपछि दुबै टोलीले अवसर पाएपनि गोल भने गर्न सकेनन् ।
यस बराबरीसँगै ललितपुरको ४ खेलमा ६ अंक जोड्दै अंक तालिकामा दोस्रो स्थानमा रहेछ। वीरगन्ज १ अंकसहित पुछारमा रहेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |