← समाचारमा फर्कनुस्
Football Jun 11, 2024 · Swadesh

नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोर्‍याउन ललित दाइले अग्रणी भूमिका निर्वाह गर्नु भयो : अध्यक्ष नेम्वाङ

नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोर्‍याउन ललित दाइले अग्रणी भूमिका निर्वाह गर्नु भयो : अध्यक्ष नेम्वाङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेका छन्। 

मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो। 

श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोर्‍याउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए।  

उनले भने, ‘ललित दाइको जति पनि मैंले संगत गरे उहाँको खराब पक्ष भनेको एउटा मात्र देखें–उहाँ सबैको पक्षमा बोल्नुहुन्थ्यो । एकतामा नै विकास हुन्छ भन्ने हिसाबले उहाँले काम गर्नुहुन्थ्यो।’ 

यसको साथै, उनले एन्फाका नेतृत्वहरु र सरोकारवालाहरु सबैलाई नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढेमात्र ललितकृष्णप्रतिको श्रद्धा हुने बताए।  

उनले भने, ‘एन्फा हाँकिसक्नु भएका नेतृत्वहरुलाई के अनुरोध गर्न चाहन्छु भने तपाईंहरु साच्चै नेपाली फुटबलको विकास चाहनुहुन्छ भने फुटबलको विकासका लागि सुझाव लिएर आउन अनुरोध गर्दछु। हामी स्वीकार गर्न तयार छौं। सरोकारवालालाई पनि अनुरोध गर्छु नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढ्नुपर्छ। यो नै ललित दाइप्रतिको श्रद्धा हुनेछ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →