← समाचारमा फर्कनुस्
Football Jul 09, 2024 · Swadesh

ललित स्मृति यु–१८ लिग : उद्घाटन खेलमा एनआरटी र चर्च ब्वाइज भिड्ने

ललित स्मृति यु–१८ लिग : उद्घाटन खेलमा एनआरटी र चर्च ब्वाइज भिड्ने

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगको उद्घाटन खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुई टोलीबीचको खेल असार ३० गते हुनेछ।

सोही दिन सातदोबाटो युथ क्लब र खुमलटार फुटबल क्लब भिड्ने छन्।

यस प्रतियोगितामा गत सिजन ए डिभिजन लिग खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →