← समाचारमा फर्कनुस्
Football Mar 06, 2024 · Swadesh

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

काठमाडौं । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ । 

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदुत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताब राखेका थिए । 

मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन । 

‘उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’ राजदुत ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्ने छ । तथापि महिला फुटबलमा सहकार्य अली बढि केन्द्रित गर्ने उहाँको इच्छा छ ।’

राजदुत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

‘खेलकुदको माध्यमबाट नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । देश निर्माणको अभियानलाई सार्थक बनाउन युवाहरुलाई सक्रियतापूर्वक खेलकुदमा सहभागी गराउनुपर्छ । समाजलाई स्वस्थ र रचनात्मक तथा विकासको बाटोमा अगाडि बढाउन खेलकुद निक्कै महत्वपूर्ण क्षेत्र हो,’ राजदुत ढकालको विज्ञप्तिमा उल्लेख छ, ‘यसकारण हामीले स्पेनबाट फुटबलसँगै अन्य खेलमा सहकार्य र सहयोगको प्रयास गरिरहेका छौं । तर फुटबलमा स्पेनको स्तर निक्कै माथि रहेकाले यो सहकार्य फलदायी हुने हामीले विश्वास लिएका छौं ।’

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदुत ढकालको बुझाई छ। 

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविश्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदुत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए । 

स्पेनस्थित नेपाली राजदुतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →