← समाचारमा फर्कनुस्
Cricket Apr 02, 2023 · Nepalsports

आईपीएलमा लखनउको विजयी सुरुआत

आईपीएलमा लखनउको विजयी सुरुआत

काठमाडौ- लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल मा विजयी सुरुआत गरेको छ ।

राति समपन्न खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो ।

लखनउले सुरुवातमा जितका लागी दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले पुर ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १४३ रन  बनायो ।

दिल्लीका लागि डेविड वार्नरले सर्वाधिक ५६ रन बनाउदा रउसोले ३० रन र पृथ्वी शाहले  १२ रन बनाए । 

लखनउका लागि मार्क उडले सर्वाधिक पांच तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

लखनउका लागि कायल मेयर्सले सर्वाधिक ७३ रन बनाउदा निकोलस पुरनले ३६ रन बनाए। त्यस्तै कुर्नाल पाण्ड्याले १५ रन र 

आयुष बदोनीले १८ रन बनाए ।

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २-२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १-१ विकेट लिए ।

यो जितसॅगै लखनउले लिगमा दुईअंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →