← समाचारमा फर्कनुस्
अलराउन्डर मल्लले आइएलटि टी-२० लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्ललाई डेजर्ट भाइपर्सले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएलटीको तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा भाइपर्सले उनलाई अनुबन्ध गरे हो।
बायाँ हाते ब्याट्सम्यान तथा स्पिन बलर मल्ल गत शनिबार सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजको नेत्तृत्व गरेका थिए। उनको नेतृत्वमा चितवन प्लेअफ सम्मको यात्रा तय गरेको थियो।
मल्ल टी-२० अन्तर्राष्ट्रियमा नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन्। उने ४७ खेलमा ९१७ रन बनाएका छन्।
सन् २०२३ को एसियाली खेलकुदमा मंगोलियाविरुद्ध उनले नटआउट १३७ रन बनाएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |