← समाचारमा फर्कनुस्
Football Sep 08, 2024 · Swadesh

कोशीको सहज जित

कोशीको सहज जित

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा अपराजित यात्रालाई कायमै राखेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४-० ले पराजित गरेकाे हो। 

कोशीको जितमा पूर्णीमा राईले दुई गाेल गर्दा समीक्षा मगर र प्रतीक्षा राईले एक एक गोल थपिन्।

पूर्णीमाको गोलमार्फत कोशीले पहिलो हाफ १-० को अग्रता लिएको थियो। ६७औं मिनेटमा समीक्षाले गोल गर्दै अग्रता २-० मा पुर्‍याइन्। समीक्षाको जारी लिगमा यो चौथो गोल हो। त्यसको पाँच मिनेटपछि नै पूर्णीमाले व्यक्तिग दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। 

७५औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै कोशीलाई सानदार जित दिलाइन्। 

जितसँग शीर्ष स्थानमा रहेको कोशीले तीन खेलबाट नौ अंक पुर्‍याएको छ। कर्णालीको भने एक अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →