कोशी ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौ- जारी ललितपुर मेयर्स महिला च्याम्पियनसिप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो ।
कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो।
मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् ।
कोशीका लागि कप्तान रुविना क्षेत्री,अलिशा खडियाले समान २/२ तथा निशा शाहले १ विकेट हात पारिन् ।
त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो ।
जसमा कप्तान रुविना क्षेत्रीले ३९तथा कांजल श्रेष्ठले २२ रन बनाईन् । अप्सरी वेगमले १९ रनको योगदान गरिन् ।
मधेशकी सन्तोशी चौधरी,अमिरन निशा र अमिशा पटेलले समान २/२ विकेट हात पारिन् ।
कोशीले एपीएफसँग चैत १६ गते फाइनल खेल्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |