← समाचारमा फर्कनुस्
Football Sep 25, 2026 · Swadesh

क्लोपको जर्मन डेब्युमा नेदरल्यान्ड्ससँग बराबरी

क्लोपको जर्मन डेब्युमा नेदरल्यान्ड्ससँग बराबरी

प्रशिक्षकका रूपमा योर्गन क्लोपको डेब्यु खेलमा जर्मनीले बिहीबार नेदरल्यान्ड्ससँग १–१ को बराबरी खेलेको छ । कोडी गाक्पोले खेलको अन्त्यतिर गोल निकालेपछि यूईएफ लिगमा नेदरल्यान्ड हार टार्न सफल रह्यो ।

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले वेल्सलाई १–० ले हराएर विजयी सुरुआत लिएको छ । यस्तै लयमा रहेका इर्लिङ हालान्डको दुई गोलको मदतले नर्वेले डेनमार्कलाई ३–२ ले हरायो । यस्तै ग्रिसले सर्बियालाई २–१, अस्ट्रियाले इजरायललाई ३–१ र कोसोभोले आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो ।

लगातार तेस्रो पल्ट विश्वकपबाट सुरुमै बाहिरिएपछि यसअघिका प्रशिक्षक जुलियन नेगल्समनले छाडेका थिए र उनको स्थानमा लिभरपुल तथा बोरुसिया डर्टमुन्डका पूर्व प्रशिक्षक क्लोप आएका थिए ।

नेदरल्यान्ड्स पनि रोनाल्ड कोमनपछि प्रशिक्षक जाभी हर्नान्डेजको नेतृत्वमा खेलेको थियो । जर्मनीले फेलिक्स निमेचाको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् । पोर्चुगलको जितमा जोर्गे जेससले एक मात्र गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →