← समाचारमा फर्कनुस्
Cricket Mar 20, 2025 · Swadesh

किर्तिपुरमा क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको चासो

किर्तिपुरमा क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको चासो

फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनेछौं 

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज किर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर निर्माण कार्य निरिक्षण गर्नुभएको छ । 

वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम सक्ने विश्वास पनि सो क्रममा उहाँले व्यक्त गर्नुभयो । 

शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट  कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाईट जडान कार्यको २०८१ फागुनमा सम्झौता  भई २०८२ बैशाख २४ गतेभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढिरहेको छ । 

प्यारापिट निर्माणको काम अवलोकन गर्न बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका उपप्रधानमन्त्री सिंहले काम छिटो सक्न ८ घन्टाको दरले तीनै सिफ्टमा काम भइरहेको बताउनुभयो ।  निर्माण कार्य समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहले निर्माण कार्यमा चासो राखिरहनुभएको छ ।

‘क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो छ, समयमै काम सक्नका लागि ८ घन्टाका दरले तीन सिफ्टमा काम पनि भइरहेको छ,’ उपप्रधानमन्त्री सिंहले भन्न्ुभयो । फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी उद्घाटन गरेर सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनुपर्ने उहाँको भनाई छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →