← समाचारमा फर्कनुस्
Football Aug 30, 2024 · Swadesh

एन्फा महासचिव राईको तलब दुई लाख ६९ हजार

एन्फा महासचिव राईको तलब दुई लाख ६९ हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ -एन्फा_का महसचिव किरण राईको तलब तलब दुई हजार अमेरिकी डलर ( दुई लाख ६९ हजार २६० रुपैयाँ) पुर्‍याइएको छ।

गत मंगलबार र बिहीबार बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णाय गरेको हो। 

अध्यक्ष पंकजबिक्रम नेम्वाङले एजेन्डा नम्बर आठमा कर्मचारीको सेवा सुविधा राखेका हुन्। त्यही एजेन्डामा छलफल हुँदा महसचिवको तलब दुई हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव राखेका हुन्।  

केही सदस्यको असन्तुष्टिका बावजुद यो प्रस्ताव बहुमतले पारित भएको छ। यसअघि महासचिव राईको मासिक तलब एक लाख २० हजार रुपैयाँ थियो। पहिलाको तुलनामा उनको तलब एक लाख ४९ हजार २६० रुपैयाँ बढेको हो।

बैठकले राष्ट्रिय खेलाडीको मासिक तलब १२ हजार बढाएर ३० हजार रुपैयाँ बनाइएको छ। यसअघि खेलाडीले १८ हजार रुपैयाँब मासिक तलब पाउँदै आएका थिए। यो निर्णय भने सर्वसम्मतले पारित भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →