← समाचारमा फर्कनुस्
Cricket Jul 23, 2025 · Swadesh

किंग्स टी- टेन इन्डोर प्रतियोगिता आयोजना हुने, हालसम्मकै सर्वाधिक सहभागीता

किंग्स टी- टेन इन्डोर प्रतियोगिता आयोजना हुने, हालसम्मकै सर्वाधिक सहभागीता

किंग्स क्रिकेट क्लबको आयोजनामा यही श्रावण ९ गते देखि १७ गते सम्म काठमाडौंको बुढानिलकण्ठमा किंग्स टी- टेन इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ । 

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरिएको हो ।

रोयल स्पोर्ट्स पार्कमा खेलिने खुला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिमको सहभागिता रहनेछ । हालसम्म आयोजित इन्डोर प्रतियोगितामा यो सर्वाधिक सहभागिता हो । 

पत्रकार सम्मेलनमा बोल्दै आयोजक किंग्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको बताए । 

यस्तै प्रतियोगिताका टेक्निकल डिरेक्टर रवीन्द्र गुप्ताले लिग र नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने बताए । 

सहभागी ३२ टिमलाई आठ समुहमा विभाजन गरिएको छ र हरेक समुहमा रहेका टिमहरुले एक अर्कासँग १/१ खेल खेल्ने छन् । त्यसपछि प्रत्येक समुहबाट शीर्ष टिम क्वार्टर फाइनल पुग्नेछन्। 

प्रतियोगिता आयोजनाको कुल बजेट करिब १० लाख रुपैयाँ रहेको सिजन प्रसाईंले जानकारी गराए । 

प्रतियोगिताको मूख्य प्रायोजक गार्जीयन माइक्रो लाईफ इन्स्योरेन्स रहेको छ । यस्तै ट्राभल पार्टनर प्याङ्गोलिन ट्राभल्स, बैंकिङ पार्टनर महालक्ष्मी विकास बैंक लिमिटेड, एजुकेशन पार्टनर फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सी, फुड पार्टनर सेकुवा बाई किलो रहेको छ । यस्तै द पभेलियन स्टोर, हाम्रो खाजा घर, चिया अमृत, नेपाल बैंक लिमिटेडको पनि साथ रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →