← समाचारमा फर्कनुस्
Cricket Jan 04, 2025 · Swadesh

किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि

किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि

  स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। 

काठमाण्डौ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो। 

उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९. २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए। यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिंग गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए। 

उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट बलर पनि निरजनै घोषित भए भने उत्कृस्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृस्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए। 

उपाधि विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गर्नु भयो। पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो। 

तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो। 

समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनवद्धता व्यक्त गर्नु भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →