← समाचारमा फर्कनुस्
सातदोबाटोविरुद्ध खुमलटारको जित

काठमाडौं । ललित स्मृति यु–१८ लिगमा एफसी फुमलटारले विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न दिनको दोस्रो खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई २–० गोलले पराजित गरेको हो।
खुमलटारको जितमा कप्तान एलिक श्रेष्ठ र जंग राजमाझीले समान एक एक गरे।
जितसँगै खुमलटारले पहिलो खेलमा तीन अंक जोडेर शीर्ष स्थानमा छ।
खेलको १९औँ मिनेटमा कप्तान एलिकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोविरुद्ध सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको अतिरिक्त समयमा जंगले फ्रिकिकमार्फग गोल गरेपछि खुमलटारले पहिलो हाफमै २–० को आरामदाइ अग्रता बनायो।
त्यसपछि दोस्रो हाफमा कुनै पनि टिमबाट गोल नहुँदा खुमलटार २–० ले विजयी भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |