← समाचारमा फर्कनुस्
Cricket Sep 25, 2025 · Swadesh

कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति

कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति

काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यति बीच सहकार्य भएको छ । बिहीबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र होटल प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।


यसअघि दोस्रो संस्करणको लागि पनि कर्णाली याक्सले हिल्टन होटेलसँग सम्झौता नवीकरण गरेको थियो । जेनजी प्रदर्शनको क्रममा आगोलागी भएपछि कर्णाली याक्सले याक एण्ड यति सङ हस्पिटालिटी पार्टनरको रुपमा सम्झौता गरेको हो ।  


प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमै बस्नेछन् । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग आगामी मंसिरबाट सुरु हुँदैछ । 


२०८१ मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म भएको प्रतियोगितामा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले उत्साहजन सहभागिताको लागि प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।


यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →