← समाचारमा फर्कनुस्
Cricket Jan 21, 2025 · Swadesh

काठमाडौं लेकर्सको दोस्रो जित

काठमाडौं लेकर्सको दोस्रो जित

काठमाडौ। काठमाडौं लेकर्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मगलबार भएको दिनको पहिलो खेलमा काठमाडौंले हिमालयन रेडर्सलाई ५६-३४ को स्कोरमा पराजित गरेको हो। जितसँगै काठमाडौले जारी प्रतियाेगितामा तीन खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएकाे छ। पराजित हिमालयनको समान खेलबाट पाँच अंक छ।

खेलमा सुरुआती समयदेखिनै अग्रता बनाएको काठमाडौं खेलको पाँचौँ मिनेटमा हिमालयनलाई अल आउट गरेको थियो। काठमाडौँले ९–२ को अग्रता बनायो। त्यपछि खेलको ११औँ मिनेटमा पुन: हिमालयन अल आउट हुँदै २१–६ ले स्कोर सुम्पियो। पुन: ३२–१० को स्कोरमा तेस्रोपटक १७औँ मिनेटमा हिमालयन अलआउट भयो।

काठमाडौं पहिलो हाफमा ३६–१३ को फराकिलो स्कोर बनाएको थियो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →