← समाचारमा फर्कनुस्
Football Dec 23, 2023 · Nepalsports

ललिपुरलाई पराजित गर्दै काठमाण्डौं प्लेअफमा छनोट

ललिपुरलाई पराजित गर्दै काठमाण्डौं प्लेअफमा छनोट

जारी नेपाल सुपर लिग एनएसएलमी काठमाण्डौं रेजर्स प्लेअफमा छनोट भएको छ। शनिवार भएको दोस्रो खेलमा काठमाण्डौंले ललितपुरलाई १-० गोलले पराजित गरेको हो। 

काठमाण्डौंका लागि निर्णायकगोल भने आन्द्रेस नियाले  गरेको थियो। उनले पहिलो हाफको थप गरेको समयमा तोजीदिनोभ कोमीवनको क्रसमा आन्द्रेस नियाले हेडर मार्फत गरेको थियो।

यस जित संगै काठमाण्डौंले तेस्रो स्थानमा १२ अंक सहित प्लेअफमा प्रवेश गरेको हो। हार ब्यहोरेको ललितपुर भने १० अंक सहित चौथों स्थानमा रहदै प्लेअफ राउण्डमा स्थान बाएको हो। अब अलिमिनेटर खेलमा पुनः ललितपुर र काठमाण्डौ बिच नै खेल हुनेछ।

पहिलो स्थानमा पोखरा थन्डर्स १५ अंक रहेको छ भने दोस्रो स्थानको धनगढीको १३ अंक रहेको छ। यी दुई टोलीले क्यालिफायर खेल्नेछ र जित्ने टोली फाईनलमा प्रवेश गर्नेछ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →