← समाचारमा फर्कनुस्
Cricket Dec 14, 2024 · Swadesh

एनपीएल: काठमाडौँको जित

एनपीएल: काठमाडौँको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले तेस्रो जित हासिल गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा शनिबार दिनको पहिलो खेलमा पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४‍.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। यो जितसँगै काठमाडौँको प्लेअफको सम्भावना बलियो बनेको छ। यता, पराजित पोखरा भने प्लेअफको सम्भावना सकिएको छ। 

काठमाडौँको जितमा स्टेफन इस्किनाजीले अर्धशतकीय पारी खेले। उनले ३४ बलमा ६० रन बनाउँदै काठमाडौँको जिततर्फ अग्रसर पुर्याए। 

पहिलो विकेटको लागि माइकल लेभिड र स्टेफन इस्किनाजीले ५८ रनको सानदार साझेदारी गर्दै सुरुआत गरेका थिए। माइकल १८ बलमा २५ रन बनाएर आउट भए। 

गेरहार्डर इरासमस्ले २५ रनमा अविजित रहे भने कप्तान करण केसी एक रनमा आउट भए।

पोखराको लागि बलिङतर्फ विपिन खत्री तीन विकेट लिँदा माइक लिस्पले समान एक विकेट लिए। जितसँगै काठमाडौँ ६ खेलबाट ६ नै भएको छ। पराजित पोखराको समान खेलबाट चार अंक छ। 

तेयसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विकेट ८ गुमाएर १३८ रन बनाएपछि काठमाडौँले १३९ रनको लक्ष्य पाएको थियो।

ब्याटिङतर्फ पोखराको लागि राइमन रेफरले ४१ रनको सानदार पारी खेले। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै रासिद खानको बलिङमा एलबी डब्लु आउट भए।

यस्तै, दिलिप नाथले २७ रन बनाउँदा कप्तान कुशल भर्तेल सात रनमा आउट हुँदा विपिन खत्रीले चार रन बनाए।

यता, बलिङतर्फ काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →